गोदावरी


Village Football

Originally uploaded by toastandmilk

“निहु गरि पानी खान तिम्रो घरमा आउँला
मौका मिले रानी वनमा घुम्न जाउँला” भन्ने गीत यो तस्विर हेरेपछी बडो याद आयो । तर विडम्बना, के खान रानी वन घुम्न जाने हो ? धनकुत्ताको रानी वन घुम्न जाउँ भने डांडा पाखा सबै सिमेन्ट र कंक्रिटको भवनहरूले वनै नङ्याएर भरिसके । काठमाडौं रानी वनको के कुरा भयो र ! संगै ढल मिसिएको खोला बगेको छ । ढ्वनी र हावा त्यत्तिकै प्रदुर्शित । अलि वन भित्र पस्यो कि बलात्कार्, ज्यानको भय पनि उत्तिकै छ । अझ कतिको भनाइ छ कि त्यहाँ त राति किचकन्नी रोएर हिड्छ रे । बलात्कार गरि मारिएकी यूवती अहिले त्यसरी रोइ-कराइ गरेको त्यहाँका स्थानिय वासिन्दाहरूले सुन्छ रे । कतिले त आफ्नो ब्लगमा यो पनि लेखेको छ कि त्यहाँ वनभित्र राति फोटो खिच्न भनि गएको तर अनौठो आवाज सुनेर आङ सिरिङ्ग भएर भित्री मुटु कापेर आफ्नो एक पाइला अगाडी सार्ने हिम्मत भएन रे ।
यसको सम्पूर्ण सत्य-तथ्य एक ठाउँमा छ । कसैलाई विश्वास होला, अनि कसैलाई शंकारहित अविश्वास । तर मैले कुरा गर्न लागेको यो रानी वनको नभै गोदावरीको हो । अब त गीतमा रानी वन नभै गोदावरी वन भन्नुको औचित्य होला । गोदावरी हेर्दै सुन्दर अनि रमाइलो छ । त्यसमा पनि काठमाडौंको उकुसमुकुसिने वातावरणमा आफ्नो प्रेमको पोको खोल्न ठाउँ नपाएर मनमा कुन्ठा बोकेर भौंतारिएर हिडिरहेका प्रेमि-प्रेमिकाहरूको लागि गोदावरी वनको ta झनै महिमित विशेषता त हुनेनै भयो । त्यसो पो, हरेक दिन विशेष बिदाको दिन त्यहाँ स्कूलका केटा-केटीहरू देखि तालू-खुइले पाकाहरू पनि जवान ठिटीहरूसंग भेटिने गरेको । त्यसैले त अहिले त्यहाँ धेरै उत्छ्रिङ्खल गतिविधी बढेको खवर अखबारमा अनि ईन्टरनेट सन्जालमा आइराखेको छ । अब रानी वनमा जानुको कुनै तूक छैन, अनि त कुनै न कुनै बहाना बनायो र घरबाट, कलेजबाट, वा कार्यालयबाट मौका मिले होइन, मिलाएर गोदावरी घुम्न जान्छन् । पूर्व-पश्चीम, उत्तर-दक्षिन जता हेरे नी झाडी भित्र र वर-पर जोडी मात्रै भेटिन्छन् ।

Leave a Comment

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.