लोप हुने अवस्थामा रहेको – साँले ब्वङ्गा


लोप हुने अवस्थामा रहेको – साँले ब्वङ्गा यो साँले ब्वङ्गा साँले भन्ने ठाउँमा अवस्थित भएकोले यसको नाउ पनि त्यस ठाउँअनुसार नै रहन गयो । ब्वङ्गा भनेको कुवा हो । पहिले – पहिले मानिसहरू खेतमा जाँदा वा गोठालो जाँदा यस कुवाबाट पानी खान्थ्यो भनेर बुढापाकाहरूको मुखबाट सुन्छु । म स्वंमले यस कुवाबाट पानी निकालेर खुट्टा धोएको, मुला पखालेर खाएको, अनि गर्मीमा टाउको एउटा मात्र पखालेको याद छ । २०४६ सालको जन-अन्दोलन सफल भएपश्चात अहिलेका चल्दा राजनैतिक पार्टिका नेताहरुले जेल तोडेर भाग्दा यस कुवाबाट पानी खाएको कुरासम्म उनिहरूले हामीलाई उतिबेलानै सुनाउन भ्याएका थिए । अनि हरेक चुनावअघि खोकनामा आएर यस्ता साँस्कृतिक महत्वका ठाउँहरूको समरक्षण गर्ने चर्को भाषण पनि सुनाएर गए, तर यस्ता सम्पदा जोगाउने कुरा कहीँ कतैबाट कहिले पनि भएन । न त खोकनाका कसैलाई नै यसको मतलब रह्यो । यसको जिर्णोर्द्वारको पर्खाइमा बस्दा-बस्दा यो नै भट्किएर यो अवस्थामा आइपुग्यो । यो तस्बिर खिचेको पनि लगभग डेढ बर्ष कट्यो । अब त यो कुन अवस्थामा छ, त्यो पनि थाहा छैन । कुनै बेला यो पनि लोप भएर गयो भने, कुनै अचम्म मान्नु पर्दैन । यहाँ कति कुरा लोप भैसक्यो । अब लोप हुने र भएका तथ्यांक तालिकामा यो एउटा पनि थपिने छ । त्यति मात्र हो । अझ भनौं भने, कुनै कुराको तथ्यांक पनि छैन । अनि यो कुवा पनि एउटा लोक कथामा मात्र सिमित हुनेछ । देखेकाले सुनाउनेछन् र भावी सन्ततिले खोइ कहाँ छ भनेर सोधे भने पनि “कुखुरी काँ, बासी भात खाँ” भन्ने बालककालमा पढेको कबितामा जस्तै यहाँ पनि “खोइ साँले ब्वङ्गा” भनेर सोध्यो भने, या त “खोलाले बगायो” वा “प्रती जग्गा भनि मिच्यो” भनेर भन्नुपर्ने होला !!!

Advertisements

Leave a Comment

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s