अनुत्तरित प्रश्न


अनुत्तरित प्रश्न
भाग २

एकपल्ट फेरि कोल्टे फेरेँ गीत समाप्ती सँगै । मनमा एकोहोरो सशंकित भै आफैलाई सोधिरहेँ । लाग्थ्यो, त्यो सुस्त र नियन्त्रित चाल पक्कै पनि अशुभ खालको थिएन । झगडाको मामिला भए त लवाइ र चालमा कुनै असमान अनि हिंडाइमा कुनै उत्तेजना हुनुपर्ने हो, तर त्यो भाव पनि थिएन । “त्यसो भए त्यो जोसुकै भए पनि कहाँ हिडेकी त ?” भन्ने कौतुहलता झन बढ्न थाल्यो । “कतै घरबाट भागेकी त होइन?” म अलि झस्किएँ, “त्यसो हो भने त चालमा छरिटोपना देखिनुपर्ने हो । केही पनि साथमा बोकेकी पनि देखिंदैन ।” उनी लखतरान परेकी झैं देखिन्थिन । तर उनका पाइलाहरु नियन्त्रित चाल झैं देखिन्थियो । मनमा कुरा खेलाउदै रात छलङ्गै कट्ला जस्तो भयो । आँखा पोलेको भान भयो । “अहो, मेरो मन किन सम्हालिँदैन ? ती आईमाई न मेरो आमापट्टीको न बाउपट्टीको, मलाई अरूको यति साह्रै किन सुर्ता ?” म यस्तै सोचेर निद्रालाई तान्दै थिएँ ।

यस बिचमा मेरो सोचमग्न मनलाई खल्बल्याइदियो त्यो धोद्रे स्वरको लगातारको खोकीले । छिमेकी घरको धोकामा पहरा दिने पहरेदार छिमेकी बुढोले खुब जोड-जोडले लगातार खोक्दै थियो । यति बेला भने मलाई पनि मनमा लाग्यो कि अघि मैले त्यो आईमाई झ्याल मुन्तिर आइपुग्दा खोके जस्तो गर्नुपर्ने रहेछ । केही भेउ पाउन सकिन्थ्यो की ? अब मेरो तिर्खा पनि धेरै बढिसकेको थियो । त्यसैले पहिलेकै पानी बोटल उठाएर पिँढमा रहेको अलिकती पानीले जिब्रोमात्र भिजाएर सुत्नमा लागेँ ।

एक्कासी म झसङ्ग भएँ । भलै मेरो आँखा कमजोर भएर मैले ती आईमाईलाई राम्रोसँग ठम्याउन सकिनँ, तर उनको जिउ-डाल र हिँडाइसँग म केही समय अघिदेखी परिचित छु झैँ लागेर आयो । मनको ढुकढुकी बढेर आयो र बेचैन पनि त्यहि अनुसार बढ्दै आयो । तर्क र बितर्कनाको मझेरिमा मैले पनि के के सोचेछु । लाग्यो, त्यो आईमाई पक्कै पनि आत्महत्या गर्न हिडेकी होली । “त्यो मन्दिर पछाडिको ठुलो घरको बुहारी होईन र ?” ती उनै महाजनका बुहारी भए त त्यसरी एक्लै बाहिर हिड्ने आईमाई उनै हुन् भन्ने शंका गर्ने ठाँउ नै छैन । हिंड्न जरूरी पनि छैन । आफ्नै गाडी अनि त्यसका चालक पनि उनिहरूकैमा बस्छन् । ठुलो खानदानको छोरी-चेली त्यसरी इज्जतको ख्याल नराखी हिंड्नेहरू पनि त होइनन् ।

“आँ, तर पनि के पो भन्न सकिन्छ र ? उनको माइती अलि कमजोर छ भन्ने सुनेको ।” यति बेला भने मैले पनि कत्तिनै उनिहरुको बारेमा सम्पूर्ण कुरा थाहा पाए जस्तै गरि सबै बेलिबिस्तार आफ्नै मनलाई सुनाइराखेको रहेछु । त्यो ठुलो घरकी बुहारी नै भए पनि त उनिहरू श्रीमान-श्रीमतीको त एकदम राम्रो माया-प्रिती छ भनेर टोलमा सुनिन्छ । ती बुहारी पनि धेरै गुनिलो छिन् । व्यवहार पनि कत्ति असल छ भनेर सबैले तारिफ गरेको नै सुनेको छु । मलाई पनि कहिलेकाहीँ काम लगाउँदा दिदी भनेर बोल्दा कति मिजासिलो भएर बोल्नुहुन्छ । परिवारमा सबै सँग मिलाप नै छ ।

त्यस घरका मानिसहरूले त मलाई पनि कहिलेकाहीँ काम त लगाएकै हो । विदेशबाट केही सामानहरू आइपुग्दा मलाई त्यस घरका महाजन र उहाँको जहान-परिवार सबैले “तपाईं आफैले आफ्नो कार्यालयबाट हाम्रा लागि सामान बुझेर लिएर आउनुस् बाबु” भनेर भन्नुहुन्थ्यो । वल्लो कोठामा डेरा गरिबस्ने मेरो अर्को साथीको मार्फत् त्यस घरसँग मेरो राम्रै उठ्बस् हुन थालेको थियो । “अहो, अस्ति भर्खरै उनको श्रीमानको अर्कै स्त्रीसँगै सम्बन्ध छ” भनेर गाइगुइ सुनेको । “शायद अहिले घरमा थाहा पाएर अहिले मनमुटाव भएर घर छोडेर हिडेकी होली । हामी पुरुषहरू पनि साह्रै नहुने है । घरमा सुन्दर श्रीमती भएर पनि बाहिर अरू नै राम्रो देख्ने ।” यति बेला म लामो सुस्केर तानेँ र मन्द-मन्द हाँसें, कारण म स्वयम अविवाहित भएर कत्तिनै विवाहित र अनुभविजस्तै गरि बोलिराखेको ! मलाई छक्क लाग्यो कि मैले किन यस कुरामा यति धेरै सरोकार राखिराखेको भनेर । अब सुत्न मैले जबरर्जस्ती नै गरेँ । भित्तामा झुन्डिएको घडीको सुइले ३ छुनै आँटेको रहेछ । त्यस घडिको टिक्-टिक् सुन्दै त्यसकै लयमा म अर्ध निद्रामा डुब्दै गएँ ।

क्रमश …

Advertisements

Leave a Comment

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s