बिचरा काग


कुरा २०६३-६४ सालको हो – एका बिहानै एउटा अनौठो खालको चरा छिमेकी घरको छानोमा देखापरे । हेर्दै रोगी-बिरामी झैं लाग्ने त्यो चरा पशु-पक्षिमा सबैभन्दा चलाख मानिने काग थियो । बिचरा काग कति दिनको भोको थियो होला । अनि एक थोपा पानी पनि पिउन नपाएकोले अझ तिर्खाले कति त्रिषित होला । मलाई यसको अनुमान पनि थिएन । एक क्षण मैले मरूभुमिमा भोक र प्यासले प्राण-पखेरु उडेका कथाका यात्रीहरूलाई सम्झेँ र त्यो कागलाई एकपल्ट दयापूर्वक हेरें । त्यस कागको अगाडि मेरी आमाले भर्खर पाकेको भात र पानी राखिदिँदा पनि त्यस कागले न त खाना सके न त पिउन ।

कारण, त्यस कागको थुतुनो एउटा थिएन । कुन चाँही निर्दयीले त्यस कागलाई पक्रेर त्यसको चुच्चोको तल्लो भाग पुरै ठुटो हुनेगरी काटिदिएछ । अनि बल्ल हामीले याद गर्यौँ की त्यसको कुनै तरिकाले पनि केही खाने अवस्था थिएन । त्यो कागले  उसको अगाडि राखी दिएको दाना र पानी हेर्ने बाहेक केही गर्न सकेन । हामी नजिक जान खोजे, त्यो हामीले नभेटिने गरि अलि पर सर्ने । समातेर खुवाउन प्रयत्न गर्दा हामीले समात्न पनि नसक्ने । फसाद त्यसमै पर्‍यो । अनि २४ घण्टा त्यसको बियोग हेर्नु सिवाय हामीसँग अरू कुनै उपाए पनि भएन । काग भोजन पाएर पनि खान नसक्दा हामी पनि मुकदर्शक भएर त्यसको अन्तिम स्वास कहिले छुट्ला र कौसीबाट त्यसलाई हटाउला भनेर पर्खिबस्ने बाहेक अरू केहि उपाय भएन | भोली पल्ट त त्यसको कारुणायिक मृत्‍युको हामी साक्षी भयौं।

यो पुरानो कुरा मैले किन सम्झेको भने, आज नेपाली हिन्दू दाजुभाइ-दिदिबहिनिहरू तिहार मनाउदै होलान् । त्यसमा पनि कतिजना अघि-पछी कागलाई जे गरे पनि आज कति जना कागको पनि भक्तजन भएर कागलाई डाकेर मिठो खानेकुरा टक्र्याउदै होलान् । अझ कतिलाई त कागलाई माला लगाइदिने सौभाग्य पनि मिलेको होला । शहरमा कसैले त काग आएर खाए नि नखाए नि आफ्नो गर्नु पर्ने कर्तब्य सम्झेर घरको छत वा कौसीको पर्खालमा केही मीठा मसिना कुरा कागलाई भनेर बिहानै पनि राखी छोडे होला । तर त्यो कागको थुतुनो काट्ने मान्छे चाँही आज के गर्दै होलान् भन्ने मलाई मनमा लाग्यो । त्यो पनि आफूले कुनै दिन कागलाई भोक र प्यासी बनाइ तड्पाइ-तड्पाइ मारेको बिर्सेर फेरि कागलाई नै पो पुज्दै होला की ?

Advertisements

Leave a Comment

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s