यस महिना भरि पढाइको व्यस्तताले गर्दा केहि पनि लेख्न सकिरहेको छैन | अहिले यो सेमेस्टरको अन्तिम परिक्षा नजिकिदै छ | त्यसले गर्दा पनि सबै बुझाउनु पर्ने गृहकार्य, परिक्षा तयारी लगायत टन्टाबाट पार पाउन अझै अरु लगभग दुइ हप्ता कुर्नु पर्ने छ | त्यसपछी बिदाका दिनहरुमा ख्रिस्टमसको कार्यक्रम बाहेक अरु खासै ब्यस्त हुनुपर्ने छैन | अनि अहिले सम्म लेख्न छुटेका कुराहरु तपाईंहरुको निम्ति रचना पस्कने जमर्को गर्नेछु | मेरो ब्लग हेरिदिनु/पढिदिनुभएकोमा धेरै धन्यबाद |