आज मिती २०६७ मंसिर ९ बिहीवार तदनुसार नेपाल संवत ११३१ थौंलाथ्वो: चौथी (चतुर्थी)
आज “दी इकनमिस्ट” संस्करणमा प्रकाशित लेख “द २४ आओर एथेनिएन डेमोक्रेसी” अथवा “२४ घण्टे एथेन्सको प्रजातन्त्र” अनुसार नेपालका ह्याकरहरू पनि विकिलिक्सका संस्थापक जुलिएन असान्जको गिरफ्तारीको विरोधमा थालिएको साइबर वारमा सम्मिलित रहेछ । उनी पक्राउ परेको केही घण्टाभित्रै संसारभरि छरिएर रहेका उनका समर्थकहरूले उनी र विकिलिक्समाथि षड्यन्त्र भएको भनि केही अमेरिकी साइटहरु र एक स्विदिश वकिलको साइटलाई गैर कानूनिरुपमा आक्रमण गरेर बन्द गर्न थाले । ती उनै वकिल हुन् जसले असान्जमाथि बलात्कारको मुद्दा हालेका थिए ।
“दी इकनमिस्ट” का सम्वाददाताका अनुसार उसलाई ईन्टरनेट च्याटमा असान्जका केही समर्थकहरूसँग कुरा गर्ने मौका मिलेका थिए । तिनीहरुमध्ये एकजना नर्वे, अर्को एक महिला न्युजिलाण्ड, एक नेपाली, र पूर्वी रूसका नागरिक थिए । ती सबैजनाले छद्मभेषमा कुराकानी गरेका थिए । उनिहरूका परिचय “बेनामी” बताएका छन् भने कुराकानीको क्रममा “टक्स्” छद्दम नाम भएको व्यक्तीले पहिलेका सबै कुराकानीलाई मेटेर “हामी जहिँतहिँ छौं, हामी नै सबै (प्रत्येक्) हौं, हामी बेनामी हौं” भने ।
उनिहरूले विरोधस्वरूप अमेरिकी सिनेटर जो लेइबरम्यानको साइट बन्द गरिदिएका छन् भने, senate.gov मा रेहेका सम्पूर्ण अमेरिकी सिनेटरहरूको साइटहरू US Eastern time ७:११ मा कति पूर्णरूपमा बन्द थिए भने कति आंशिकरूपमा बन्द वा निक्कै ढिलो खुल्ने भएकाथिए । मास्टर क्रेडिट कार्ड कम्पनीको साइटलाई पनि आक्रमण गरेको थियो भने, विकिलिक्सको आर्थिक कारोबारको निम्ति खोलिएको पेपाल खाता अमेरिकी सरकारको दबाबमा बन्द गरिदिएको छ | उसको वेब साइटलाई आमेजनको सर्भरमा होस्ट गरिएको थियो | अहिले त्यसले पनि विकिलिक्स्लाई होस्ट नगरेर खारेज गरे पछि अहिले स्विडेनको एउटा होस्टिंग कम्पनिबाट होस्ट भईरहेको छ | ह्याकरहरूले पहिलेको होस्टिंग कम्पनी EveryDNS विरुद्द पनि साइबर युद्द छेडेको जानकारी दिएको छ |
२८ नोवेम्बर २०१० मा अमेरिकी कुटनैतिक सूचनाहरू अनलाईन चुहाएपछी असान्ज अझ बढि अमेरिकी सरकारको निशाना बनेको थियो | अहिले उनलाई बेलायतको जेलमा पूर्पक्षको लागि राखिएको छ | विकिलिक्सकै दावीअनुसार उसलाई जम्मा १२,००,००० अन्य श्रोतबाट चुहावट भएको सुचना कागजात प्राप्त भएको छ | त्यसमध्ये, इराक युद्ध सम्बन्धि गोप्य, अतिगोप्य, र सामान्य वर्गीकृत गरि ४,००,००० कागजात रहेको छ भने, अफगानिस्तान युद्ध सम्बन्धि ७६,९०० कागजात रहेको छ | त्यसमध्य अहिले सम्म केहि मात्र उसले बिधुदिया प्रकाशन गरेको छ | गएको हप्तामात्र उसले नेपालसम्बधि पनि २,२७८ कागजात छ भन्ने खुलासा गरेको थियो | हेरौं, आउदाँ दिनहरूमा हाम्रो देशमा कुन नेता, मानव अधिकारवादी, सामाजिक कार्यकर्ता, सरकारी कर्मचारी आदि-ईत्यादिले कुन हदसम्म देशद्रोह, गद्दारी, बिदेशीको चाकरी र भनसुन गरेको रहेछ भन्ने हामीले पढ्न पाउने छौं |