विकिलिक्सको प्रतिस्पर्धी ओपनलिक्स


विकिलिक्सको काम गराईसँग असहमत जनाएर यसका पूर्व सदस्यहरूले भोली “ओपनलिक्स” नामक एउटा नयाँ वेब साइट हाम्रो माझमा विकिलिक्ससँग भएकै सम्पूर्ण गोप्य सामाग्रीहरूसाथ आउँदैछ । यसका संस्थापकहरू विकिलिक्सका पूराना सदस्यहरू हुन् । ती मध्ये एक संस्थापक सदस्य, दानिएल डम्स्किएट-बर्गले एउटा स्विदिस च्यानलबाट आज बेलुकी प्रशारण भएको ब्रितचित्रमा उनिहरुको विकिलिक्सप्रतिको असन्तुष्टी पोख्ने क्रममा भने, “विकिलिक्स एक व्यक्तिमा मात्र केन्द्रित भए, र एक व्यक्ति एउटा संस्थाभन्दा धेरै नै कमजोर हुन्छ ।” अर्का एक सदस्यले पनि भने अनुसार, काम गराइप्रतिको असन्तुष्टि असान्जललाई भन्दा उसले कहिले पनि गुनासो सुन्नै चाहेन । अन्तत: उनी असान्जको निरंकुश व्यवहारले गर्दा उसँग बाझेर छुट्टिएका रहेछ । यसै क्रममा उनले भोली सोमबार विकिलिक्सको यो समकालिन नयाँ साइट शुरू हुन सक्ने जनाए ।

डम्स्किएट-बर्गले असान्जप्रति लक्षित गरि भनेका केही बुँदाहरू जुन कुरा हामीलाई पनि लागू हुन्छ :

यदि तिमी अरूलाई पारदर्शिताको प्रवचन दिन्छौ भने, तिमी स्वयम् पनि पारदर्शित हुनुपर्दछ ।
– तिमीले अरूबाट जुन नाप/स्तरमा आशा राख्दछौ, त्यहि नाप/स्तरमा आफूले पनि काम गर्न सक्नुपर्छ ।

यी माथिका कुराले असान्जसँग विकिलिक्स समुहका धेरै जना सदस्यहरू असन्तुष्ट रहेछ । विकिलिक्सका प्रवक्ता क्रिस्टिन्न राफन्स्सनले यस विषयमा टिप्पणी गर्न नमान्नुले पनि यो कुराको पुष्टि गर्छ । विकिलिक्सको अर्को प्रतिस्पर्धी आउन लागेको बारेमा सोधिएको प्रश्नमा तिनले केवल यति मात्र भने, “जति धेरै भए, उति नै राम्रो” ।

हेरौँ, धेरै भएर यसले राम्रो गर्ने हो कि, झन् गन्जागोल पार्ने हो, अबको केही दिनमा नै थाहा हुन्छ ।

Advertisements

Leave a Comment

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s