नेपालीलाई के को प्लेजिअरिज्म ?


आज नेपाली संस्करणको अनलाइन न्यूज पोर्टलमा एउटा समाचार पढ्न पाइयो । नेपाली वृतचित्र निर्माता तुलसी भण्डारी प्रतिलिपि अधिकार मिचेको कारणले पक्राउमा परेछ । उसले अर्काको वृतचित्र “आन्दोलन जारी” र “झलक” बाट ३ मिनेट लामो श्रब्य-दृश्य विना अनुमति निकालेर आफ्नो वृतचित्र “एभरेस्टको फेदीमा, नेपालको पुनर्जन्म” मा घुसाएछ । अनि त त्यो अर्काको सिर्जना पनि आफ्नै भैगो । फेरि त्यो वृतचित्रले पनि देश-विदेशमा प्रदर्शन भैसकेको रहेछ । अझ अमेरिकामा वृतचित्र प्रतियोगितामा भाग लिएर पुरस्कार हत्याउन सम्म भ्याएको रहेछ नि ! पछि भण्डारीलाई उसकै वृतचित्र प्रचार-प्रसार मोर्चामा सघाउने एक जना स्वयमसेवकले गएर अर्का निर्माता-निर्देशक तथा पत्रकार अजय सिवाकोटिलाई भनेछ । सुनेर ऊ पनि जिल्ल खाएछ । आफ्नै सिर्जना चोरिएको पनि उसले चाल नपाएर नेपालमा प्रदर्शन पछि अरू कसैले भनेर मात्र थाहा पाएछ । पछि दुईजनाको बिचमा कुरा हुँदा भण्डारीले सिवाकोटीलाई क्षतिपूर्ति तिर्न मानेन । उल्टै उसले प्रहरीमा उजुरी गरेछ । पछि त आफै फसेछ नि ! कारण भने “प्लेजिअरिज्म” गरेको रे !

अर्काको सिर्जना त्यति बेला चोरिन्छ जब आफूसंग भएको सिर्जना सिद्धिन्छ । अर्को शब्दमा भन्नुपर्दा, आफू असक्षम र सिर्जनारहित भएर नै अर्काको चोर्ने हो । यो साहित्यिक र वौद्धिक दरिद्रताको एक अनुपम उदाहरण हो ।

हाम्रो देशमा जे पनि चोरेर नै पाइने ठाउँ हो । चोर्यो, काम चलायो । परिक्षामा चोर्यो, पास भैगयो । कार्यालयको सामाग्री चोर्यो, घरमा काम चलिगो । सरकारी कार्यालयमा बेसमयमा पुग्यो, हाजिरी पुस्तिकामा सहि समय जनायो, तै पनि मासिक तलब पूर्णरूपमा बुझ्यो, घरको गर्जो तरिगो । सवारी साधन मर्मत गर्न लग्यो, त्यहाँ पनि तेल चोर्यो, उसलाई घर जान-आउन र केटि घुमाउन इन्धन पुगीगो । घरको धारोमा पनि मिटरमा पानी नचढ्दै एउटा टि भल्भ जडान गर्यो, साबिक मासिक दरमा घरको इनार नै भरिगो । बत्तिको पनि हाल उही हो । अब यस्तै खाले समाजमा जन्मेपछि त आनी-बानि पनि त्यहि नै त हुने भो । केहि सामान टिप्यो, देख्यो भने जिस्केको रे, देखेन भने बोकेर हिंड्यो । अर्काको सिर्जना त्यति बेला चोरिन्छ जब आफूसंग भएको सिर्जना सिद्धिन्छ । अर्को शब्दमा भन्नुपर्दा, आफू असक्षम र सिर्जनारहित भएर नै अर्काको चोर्ने हो । यो साहित्यिक र वौद्धिक दरिद्रताको एक अनुपम उदाहरण हो ।

अघि नै भनेनी मैले, हाम्रो नेपालमा सबै चोरेरै काम चल्छ । विश्वविद्दालयमा ५००-१००० रुपियाँको भाउमा अर्काको थिसस किनेर त्यसलाई फोटोकपी गरेर कभर पेजमात्र फेरेर आफ्नो बनाइ स्नातक होस् वा स्नातकोत्तर उतिर्ण भएको प्रमाणपत्र पाउने मान्छे पनि यहि आँखाले देखेको । क्या काइदा छ बा ! न परिश्रम गरेर सोधपत्र तयार पार्ने दु:ख र झन्झट उठाउनुपर्यो न त आफू र सम्पादकलाई चित्त नबुझुन्जेल शब्द छाँटकाँट गरि दिमाग दुखाउनुपर्यो ! मोज छ ! अनि यसरि नै जीवनको खुड्किलो चढेर आउने हाम्रा कति बन्धुहरुलाई अर्काको सिर्जनालाई आफ्नो भन्ने हकमा नैतिकता त उसको लागि ट्वाइलेट पपेर बराबर हुने नै भयो । बरु हामी देख्ने-सुन्नेलाई भने के के जाति उखान जस्तै “… लाई भन्दा, देख्नेलाई लाज” भने जस्तै हुन्छ । बोल्नु भा छैन । नदेखेको, नसुनेको भाउन गर्यो, बस्यो ।

अर्को कुरा, हाम्रो त्यत्रो ठुलो त्रिभुवन विश्वविद्यालयमा अहिले पनि उही बाजेको पालोमा झैँ शिक्षानीति छ । शिक्षा उही छ, प्राध्यापक उही अपडेट गर्न नसकेका र नमानेका हार्डवेयर र सफ्टवयरजस्ता छन् । समय कहाँबाट कहाँ पुगिसक्यो, पढाई गर्ने पुस्तक सामाग्री भने उही २०४६ सालकै जनआन्दोलनताकाका चलाईरहेछन् । प्रशासन उस्तै छ । शिक्षालाई कसरि चुस्त र अन्तराष्ट्रिय गुणस्तरको बनाउने भन्ने कुरा सोच्ने फुर्सत पनि भएको हो कि होइन ! उनीहरूले विद्यार्थीबाट बुझिलिने थिसस तथा अन्य सोधपत्र कति सम्मको नक्कल वा प्रतिलिपि हो, जाँच्ने निकाय पनि छ कि छैन ? विद्यावारिधि बाहेक अरूको त खासै ध्यान दिएर हेर्दैन भन्ने मलाई लागेको छ । यसरि प्रोत्साहन दिएको छ भने त, त्यो भण्डारीले सिवाकोटीको सिर्जनालाई आफ्नै भनि संसारलाई देखाउनुमा कुनै अचम्म मानुपर्ने देखिनँ । उसले पनि हाम्रै नेपालमै पढेको भए, माथि उल्लेखित प्रवृतिसँग राम्रै परिचित नै होला ।

यहाँ यस्ता धेरैजना छन् जो अरूको सिर्जनालाई हुबहु उतार्ने वा तोडमोड गर्ने । अनि आफ्नो भनि दावी गर्ने विद्वानहरुको त जमात नै छ । यस्ता बौद्धिक बेईमानहरूलाई न लाज छ न त शरम ।  त्यहि केहि हजारको थिससले नै कतिलाई  लब्धांक पत्रमा मात्र सीमित तेजस्वी अनि मेधावी घोषित केहि विद्यार्थीलाई पछि समाजसेवी वा अब्बल प्रशासक आदि-इत्यादि पनि बनाएको हुन्छ । त्यसैले उसको सिर्जनालाई हेर्ने दृष्टिकोण पनि उही “काम गर्यो पैसा कमायो” जसरि नै हेर्ने हो | पैसा त जे काम गर्दा नि आउँछ, तर सिर्जना त पैसाले पनि फुर्दैन | त्यो त सिर्जनसिल क्षमतामा भरपर्ने कुरा हो । खोइ कुरा बुझ्या साथी ?

आफ्नो सिर्जना चोरी हुँदा धेरै नै मन दुख्छ । मेरो पनि मन दुखेको छ । मैले परिश्रम गरि खिचेका तस्बिरहरू एउटा साथीको भाइको कम्प्युटरमा देख्दा मेरो मन पनि चसक्क दुखेको थियो । मैले खिचेका सम्पूर्ण तस्बिर नै हात पारेर त्यसरी कम्प्युटरमा राखिएको बारेमा मैले सोध्दा, उल्टै उसको साथीले खिचेको भनि जवाफ पाउँदा मेरो मनलाई नराम्रोसित ठेस लागेको थियो । त्यसैले तपाईंलाई कसैको सिर्जना राम्रो लागे, एक फेर सम्बन्धित व्यक्तिसँग तपाईंले उसको सिर्जनालाई प्रयोग गर्न सकिन्छ कि भनेर सोध्नुस् न । सोधेर के बिग्रिन्छ ? कसैले प्रतिलिपि अधिकार सुरक्षित नगरेको सामाग्री राम्रो लाग्यो भने पनि, आफूले प्रयोग गर्दा सम्बन्धित व्यक्तिलाई साभार प्रकट गरिएको वा सो सामाग्री कहाँ र कसको हो भन्ने व्यहोरा खुलाएर हामी हाम्रा पाठकहरूलाई थाहा दिउँन । यो बानी बसाले के नै खेर जान्छ र ?

Advertisements

One thought on “नेपालीलाई के को प्लेजिअरिज्म ?

Leave a Comment

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s