
तत्कालिन शाही नेपाली सैनिक सचिव तथा स्वर्गिय राजा विरेन्द्रका एडिसी समेत भई २६ वर्ष राजदरबारमा बिताएका बिबेक कुमार शाहले कलमको मसी “मैले देखेको दरबार” शिर्षक किताबका पानामा दरबार हत्याकाण्डको बारेमा लेख्नलाई खर्चेको छ । नेपाली दैनिक “इकान्तिपुर डट कम” मा सम्प्रेशन गरिएको आजको समाचारअनुसार दरबार हत्याकाण्ड देशी-बिदेशी राजनैतिक षड्यन्त्रको परिणाम हो । लेखकले रहस्योदघाटन गरेका कुराहरूको मुख्य बुँदाहरू:
विरेन्द्रबाट सत्ता आफ्नो हातमा लिने तयारी गर्दै जघन्य दरबार हत्याकाण्ड
प्रतिनिधि सभा भङ्ग गरि गोलमेच सम्मेलन गरि माओवादी लगाएको राष्ट्रिय सरकार गठन गर्ने विरेन्द्रको योजना
राजाको भूमिका बेलायत वा जापान वा भारतका राष्ट्रपतीको झैं हुने
माओवादीलाई नि:शस्त्रिकरण गरि राजनैतिक मूलधारमा ल्याउने
बेलायत, अमेरिका र भारतबाट आफ्नो कदमलाई समर्थन खोज्ने प्रयास
भारतद्वारा देहरादूनको एउटै तालिम केन्द्रमा पालैपालो माओवादी र सशस्त्र प्रहरीलाई कमन्डो तालिम प्रदान, तालिम दिने भारतीय प्रशिक्षकद्वारा नै जानकारी
गौरमा २७ माओवादीको हत्यामा भारतको हात, भारतीय गुप्तचरहरू सक्रिय
भारतको दलाली गर्ने एडिसीहरूको दरबारमा चलखेल
सुर्य बहादुर थापा भारतको विश्वासीपात्र, तत्कालिन सैनिक सचिब हटाउनको लागि भारतद्वारा प्रयोग
देशी-बिदेश शक्तिले घटाएको दरबार हत्याकाण्डको पर्दा पछाडि भारत नै प्रमुख
“इकान्तिपुर डट कम” छापिएको लेख जस्ताको तस्तै पढ्न यहाँ क्लिक गर्नुहोस्