ऐतिहासिक एल क्लासिको २०११


अहिले केहि समयमै (Eastern Time) ४.०० बजे फूटबल क्लब बार्सिलोनारियल म्याड्रिडबिच एल क्लासिको खेल रियल म्याड्रिडको खेल मैदान सान्टियागो बार्नाब्युमा शुरु हुदैछ | हुन त यो कुनै नौलो समाचार होइन | हरेक वर्ष यी दुई स्पानिश फूटबल हस्ती बिच ला लिगा म्याचमा दुइ पटक खेल्छन नै | तर यो वर्ष यी दुई अनन्तदेखिका शत्रु झैँ व्यवहार गर्ने र मैदानमा उत्रने खेल भने भिन्नै कारणले गर्दा पनि सर्वाधिक चर्चाको विषय हुन गएको छ | यी दुई बदेमान शत्रु एक-आपसमा यसरि ३ हप्ताको अन्तरालमा आज भन्दा ९५ वर्ष अघि भिडेको थियो | सन् १९१६ यी दुई क्लब २० दिन भित्र यसरि ४ पटक खेलेको थियो भने आज त्यहि पुनरावृति भै १८ दिनमा ४ पटक खेल्दैछ | खेल तालिक र पूर्व खेल झलक हेर्न यहाँ क्लिक गर्नुहोस् |

अप्रिल १६ = रियल म्याड्रिड विरुद्ध एफ सी बार्सिलोना (ला लिगा, हप्ता ३२)
अप्रिल २० = एफ सी बार्सिलोना विरुद्ध रियल म्याड्रिड (कोपा डेल रे, फाइनल – भ्यालेन्सियाको मेस्ताला रंगशाला मैदान)
अप्रिल २७ = रियल म्याड्रिड विरुद्ध एफ सी बार्सिलोना (च्याम्पियन्स लिग, सेमी-फाइनल, पहिलो लेग)
मे ३ = एफ सी बार्सिलोना विरुद्ध रियल म्याड्रिड (च्याम्पियन्स लिग, सेमी-फाइनल, दोश्रो लेग)

स्मरणीय रहोस्, गत साल नोवेम्बेर २९ मा एफ सी बार्सिलोना र रियल म्याड्रिडविच क्याम्प नु रंगशालामा भएको खेलमा बार्साले अत्यन्त सुन्दर खेल प्रदर्शन गरि ५-० को अन्तरले खेल जितेको थियो | खेलको मुख्य झलक यस भिडियोमा हेर्नुस् |

Advertisements

Leave a Comment

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s