९१ लाखले डगमगाउन नसकेको मानविय समबेदना


हिजो बुधबार सर्वसाधारणलाई नै अचम्मित तुल्याउने एउटा समाचार कान्तिपुर दैनिकमा प्रकाशित भयो | समाचार विवरण अनुसार अनुजा बानियाँ नामकी एक महिलाले गाडीमा कसैले छोडेर गएको झोला सम्बन्धित व्यक्तिलाई फोनबाट सम्पर्क गरि जस्ताको तस्तै फिर्ता गरिदिए | उनि भोजपुर घर भै हाल धरान बस्दै आइरहेकी छिन्ज |जसले यो समाचार सुन्नुभएको छैन, उहाँहरूलाई त्यस्तो के नौलो कुरा भयो भन्ने पनि लाग्न सक्छ | तर त्यो उनले गाडीमा भेट्टाएको झोला सामान्य झोला थिएन | केहि सय वा हजार रुपैयाँ मात्र भएको झोला होइन त्यो | उनले जसै त्यो झोला गाडीमा कसैको छुटेको भन्ने थाहा पाए, उनले “यो झोला कसको हो?” भनेर सोधीखोजी पनि गरे | तर सम्बन्धित व्यक्ति गाडीबाट पहिले नै झरिसकेको हुँदा कसैले झोला दावी गरेन | उनले घरमा लगेर खोलि हेर्दा झोला भरि पैसा भेट्टाए | पैसा पनि थोरै होइन, ९१ लाख | यहि अमेरिकामा पनि १००-२०० डलरकै लागि पनि ग्यास स्टेसन (पेट्रोल पम्प) लुत्नेहरूले त्यस कम्पनीको साधारण कर्मचारीमाथि बन्दुकको गोलि दाग्छन् | उनले त्यत्रो पैसा फिर्ता गरेको सामान्य कुरा होइनन् | लगभग करोड रुपैयाँको पोका आफ्नो हातमा पर्दा उनको मनमा कस्तो कुरा खेल्यो होला | कस्तो अन्तर्द्वन्द भयो होला !

उनले त्यो पैसाको झोला खोतल-खाताल गरि हेर्दा, पैसा संगसंगै एउटा हिराको हार पनि भेट्टाए | उनले त्यसको सक्कली मालिकलाई सम्पर्क गरि ती सामान फर्काउनलाई ठेगाना खोज्दा बल्ल त्यो झोलाको मालिकको फोन नम्बर भएको एउटा कागज भेट्टाएर उक्त व्यक्तिलाई फोन गरेछ | यसरि आफ्नो हातमा परेको ९१ लाख रुपैयाँ कुनै पनि लोभ र लालच नगरी सम्बन्धित व्यक्ति पुरुशोत्तम पौडेललाई आफैले फोन गरि बोलाएर जिम्मा लगाए | पौडेलले त्यसरी त्यत्रो रकम फिर्ता गरेको कारणले खुसी हुँदै अनुजालाई नगद २ लाख उपहार स्वरुप दिंदा पनि उनले लिन अस्विकार गरिदिए | पौडेलले हिराको हार दिन चाहे तर त्यसलाई पनि अनुजाले अस्विकार गरिदिए |

अहिले देशमा नैतिकता धराप हुदै गइरहेको यो अवस्थामा उनले त्यसरी आदर्श र मानवीय मूल्य प्रदर्शन गरेको निक्कै नै सर्हानिय र प्रशंसायोग्य छ | सायद, उनले पैसा देखे पछि सोचे होलान् कि त्यत्रो पैसा हराएर भेट्टाएन भने ती हराउने व्यक्तिको पीर-मर्काले अकालमा ज्यान जान सक्नेछ | वा त्यो व्यक्ति संगसंगै उसको परिवारको पनि विचल्ली हुन सक्छ ! समग्रमा त्यो पैसा एउटा मात्र जीवनको समाप्तिको कारण नभई उसका सारा परिवारकै समाप्तिको कारण हुन सक्छ भन्ने पनि सोचिन् होला |

हाल देशमा व्याप्त भ्रष्टाचारी र घुसखोरीको कहालीलाग्दो यो अवस्थामा यसरि कसैले उदाहरणीय जीवन जिएर देखाउदा यो देशमा अझ पनि मानवीय सम्बेदनशिलता भएका एकाध मान्छे छन् है भन्ने छनक दिएको छ | यस घटनाबाट अति नै प्रशन्न भै नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव स्वयंले आज अनुजालाई फोन गरि “स्याबास्” र “धन्यवाद” दिए | आज यदि उनको स्थानमा तपाईं र म भएको भए के हामीले पनि अनुजाले जस्तै आफैले पैसा हराउने व्यक्ति खोज्दै त्यो ९१ लाख फिर्ता गर्थ्यौं होला ? के हामीले आफ्नो मानविय संवेदनालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न दिएर कसैलाई वर्बाद हुनबाट जोगाउथ्यौ होला ?

Advertisements

One thought on “९१ लाखले डगमगाउन नसकेको मानविय समबेदना

  1. केहि ब्यक्त हरु मानिश भएर बाचिरन्छ । अनुजा त्यो उदाहरण हो ।

    कुनै दिन यो महान ब्यक्ति लाई भेट्ने मौका मिलोस ।

    Like

Leave a Comment

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s