अनुजाको समाचार भ्रामक सावित


गत हप्ता सबै मिडियाहरूमा निक्कै नै ढोल पिट्न सफल भएको अनुजाको समाचार कपोलकल्पित र भ्रामक भएको तथ्य बाहिर आएको छ | उनले समाचारमा आए जस्तो ९१ लाख भेट्टाएको नभएर एउटा मनगढन्ते कथा मात्र भएको कुरा आज उक्त समाचारलाई प्रमुखताका साथ पहिलो चोटी प्रकाशित गरेको कान्तिपुर दैनिकले स्वीकारेको छ | यसमा उनीहरुले क्षमायाचना गरि सकेको छ | अनुजाको समाचार प्रकाशित भएको भोलिपल्ट नै उनि शंकाको घेरामा परेका थिए | प्रहरीले यस बिषयमा बुझ्दै जाँदा पुरुशोत्तम पौडेल भन्ने व्यक्ति काल्पनिक पात्र मात्र भएको थाहा हुन आएपछि यस घटनाको सत्या-तथ्य बाहिर आएको हो | गल्ति सबैबाट हुन जान्छ | कान्तिपुरले पनि यो समाचार प्रकाशन गर्दा कति कुरालाई ख्याल नगरी प्रकाशित गरिदिंदा हामी पाठकले भ्रामक खबर पायौं | तर कान्तिपुर दैनिकले आफ्नो गल्ति स्वीकारी संसारसँग क्षमा माग्नु भएको राम्रो हो |

मैले पनि अनुजाको समाचार पढेर ब्लोग्गिंग गरेको थिएँ | यो पनि त्यसकै फलो-अप हो | मेरो तर्फबाट गएको दिनमा मैले यो समाचार सत्य हुन पनि सक्छ भन्ने आशयले लेखेको ब्लगप्रति क्षमा याचना गर्दछु | जब मैले अनुजाको दाजुले दिएको अन्तर्वार्ता पढें, म त्यति बेला झस्किएँ | उनको दाजुको अनुसार, अनुजाले ५-६ कक्षा मात्र पढेकी रैछिन् | पैसा पनि राम्रो गन्न नआउनेले त्यत्रो गन्यो भन्ने कुरा मलाई पनि पत्याउन गाह्रो पर्यो | आज तथ्य कुरा हाम्रो सामु आएको छ | कान्तिपुरले पनि आफ्नो गल्ति स्वीकारेर राम्रो उदाहरण देखायौ |

Advertisements

Leave a Comment

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s