पहिलो थ्याँक्स गिविङ दे


अमेरिकामा अध्ययन गर्न आज भन्दा ४ वर्ष अघि आउँदा जाडो यामको शुरुवात संगै पहिलो पटक थ्याँक्स गिविङ दे मनाउने अवसर पाएको थिएँ | यहाँ चिनेजानेको परिवारले उनिहरुसंगै यो पर्व मनाउन हामीलाई निम्तो पठाएको थियो | यो पर्वमा उनिहरु टर्कीको मासु बेस्कन खाँदोरहेछ | सिङै टर्कीभित्र अनेकथरी खाने सामाग्री कोचेर ओभनमा पकाउँदोरहेछ | अनी त्यहि टर्कीको मासुसंगै वर्षभरिमा परमेश्वरले दिनुभएको आशिष सम्झेर पारिवारिक विशाल भोज खाने प्रचन उहिलेका अमेरिकालाई आजको स्वत्रन्त्र राज्य बनाउने संस्थापक पूर्खाले बसालेको रहेछ | बितेको तीन साल त हामीलाई कुनै न कुनै परिवारसँग यो भोज खाँदै बितेको थियो | यसपाली भने आफ्नो पनि अब त सानो परिवार भो, दुई छोरा यहि जन्मे , त्यसैले हामी पनि आज आफ्नै निवासमा आफ्नै किसीमले यो पर्व मनाईदिउन त भन्दै बिहानदेखि नै जोड्-जाम गरि बसें | आफू नै भान्छे भै आजको कार्यक्रमलाई अगाडि बढाएँ | भान्छेले हात यता र उता पसार्दै एक-दुइ थोक पाक्यो की पाकेन भन्दै मुखमा कोच्द-कोच्दै खाने बेलमा त्यसै अघाउने त प्राय: सबै भान्छेलाई अवगत नै होला | आज अरुकोमा पाहुना हुने भन्दा पनि आफ्नै हातले पकाउने-तुल्याउने गरि परिवार मात्र बसि एकसाथ खानु पनि रमाइलो नै हुँदो रहेछ |

Advertisements

Leave a Comment

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s