मलाई कुनै पनि देशको वृतचित्र र छोटो शृंखलाको भिडियो हेर्नु साह्रै मज्जा लाग्छ | अचेल हाम्रा नेपालीहरू पनि वृत्तचित्र र सटिक तर संदेशमुलक भिडीयो बनाउने कुरामा धेरै नै प्रगति गर्दैछन् | हालसालै हेरेको ६ मिनेट लामो नेपाली भिडियो “आज यो किन?” सुरक्षित यौन व्यवहार र एचआइभी एड्सको बारेमा जानकारी दिने उद्देस्यले बनाएको रहेछ | भिडियोमा अनिश रेग्मी र रिजु श्रेष्ठद्वारा अभिनित छ भने निर्देशन सामुएल क्षेत्र, सम्पादन रुबिन मानन्धर र कला निर्देशन र प्रकासमा रमिता महर्जन रहेको छ |