साफ च्याम्पियनशिप विशेष : २० वर्ष पछि भारतविरुद्ध नेपालको जित


लामो समयको अन्तरालपछि नेपाली फूटबल हेर्ने मेरो धोको यसपालिको साफ च्याम्पियनशिप फूटबल प्रतियोगिताले पूरा गरिदियो । लगातारको स्पानिस लालिगा, इङ्ग्लिश प्रिमियरशिप लिग, र आक्कल-झुक्कल बुन्देस्लिगा र अन्य लिग हेर्ने समयको फुर्सतमा आफ्नै देशमा च्याम्पियनशिप चलिरहेको कारणले मैले पनि अनलाइन भएपनि हेर्ने जमर्को गरें । अस्ति नेपालले पाकिस्तानविरुद्ध शानदार प्रदर्शन गरेको मैले अनलाइन मार्फत प्रत्यक्ष प्रशारण हेर्ने मौका पाएको थिएँ । नेपालको खेल, तयारि र खेल रणनीति हेर्दा नेपाली फूटबलले पनि बिस्तारै फड्को मारिरहेको महसुस गरें । भलै हाम्रो स्तर अहिले विदेशको झैँ उच्चस्तर नहोला तर खेल हेर्दा “आहा, हाम्रा खेलाडीले पनि गतिलो खेलेछ है” भन्नैपर्ने गरि खेलेछ भन्ने भान भयो । नेपाली टोलीको जुझारुपन, छरिटोपना, कौशल आदि हेर्दा अब देशको खेलको गुणस्तरमा ध्यान पुर्याएको महसुस भयो । त्यससंगै नेपाली आम दर्शकले गरेको समर्थन हेर्दा आफूले पनि त्यसमा प्रत्यक्ष सामेल हुन पाए हुन्थ्यो भन्ने जस्तै भयो । म अमेरिका नआएसम्म त मैले भ्याएसम्म रंगशाला गएर खेल हेर्ने गर्थें । त्यस पछाडि भने हेर्ने मौका मिलेका थिएन । त्यहि अनलाइन समाचार पढ्ने मौका भने मिल्थ्यो ।

नेपाली समयानुसार हिजो ३:३० बजे भएको खेलमा नेपालले अत्ति नै राम्रो प्रदर्शन गरेन मात्रै, विगत २० वर्षदेखि हामीले भारतविरुद्ध राम्रो नतिजा ल्याउन सकेका थिएनौं । तर हिजो पनि नेपालले भारतलाई १ को विरुद्ध २ गोल गरेर पराजित गरि सेमी-फाइनलमा प्रवेश गर्न सफल भयो । तपाईंले यो खेल हेर्न छुटाउनुभएको भए, रिकोर्ड गरिएको भिडियो हेरेर भए पनि खेलको मज्जा लिनुहोस् ।

Advertisements

Leave a Comment

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s