जातीय पहिचान जोडिएको नेपाल आइडल १


हिजो नेपालीहरूले नेपालकै पहिलो अन्तराष्ट्रिय कार्यक्रमबाट विशेष अधिकार प्राप्त गरि संचालन गरिएको गायन प्रतियोगिता “नेपाल आइडल” बाट पहिलो नेपाल आइडलका रूपमा पोखराका बुद्ध लामालाई पाएका छन् । आइडलको शिर्षक कै कुरा गर्ने हो भने, उनि पहिलो भने होइन । केहि वर्षअघि नेपालमै गरिएको गायन प्रतियोगिता “नेपाल आइडल” कै नाममा भएको थियो । भलै यसले विदेशी इजाजत प्राप्त नगरिकनै उहि नाउँमा त्यो कार्यक्रम गरेको थियो । … Continue reading जातीय पहिचान जोडिएको नेपाल आइडल १

एउटा खुशीको कुरा


आज मेरो निम्ति एउटा खुशीको कुरा भएको छ।हामी जीवनमा ठुलै कुरा नभई खुशी हुन नै बिर्सिसकेका छौं। तीब्र रफ्तारमा अगाडि बढिरहेको हाम्रो आधुनिक समाजमा हामीले साना-साना कुराहरूमा गरेको प्रगति आज गौण लाग्छ। विशेष लक्ष्यबिनाको हाम्रो प्राप्तिले आज कुनै महत्व राख्न छोडिसकेको अवस्थामा आज एउटा सानो घटना म र मेरो परिवारको निम्ति अझ विशेष गरि मेरो छोराको निम्ति ठुलो कुरा भएको छ । कुरा के थियो … Continue reading एउटा खुशीको कुरा

अब जुनकिरी खेति गर्ने कि ?


गत साल मैले अंग्रेजीमा यो सत्य तर व्यंग्यात्मक निबन्ध nepaenglish.com मा पोस्ट गरेको थिएँ | यस पटक यसलाई स्वरांकन गर्ने मौका मिलेको हुदाँ उक्त निबन्धलाई श्रब्य-ध्वनिमा परिणत गरि यहाँ पोस्ट गरेको छु | अंग्रेजी ब्लगमा प्रकाशित सक्कल निबन्ध पढ्न यहाँ क्लिक गर्नुहोस् | Continue reading अब जुनकिरी खेति गर्ने कि ?

नेपाल एउटै जाति र धर्मको देश होइन, सबैलाई चेतना भया |


३१ जनुअरी, २०११ नेपाल एउटै जाति र धर्मको देश होइन, सबैलाई चेतना भया | ब्लग भनेको वास्तवमै आफ्नो निजी कुराहरू, विचार, भावना पोख्ने थलो हो । तर के यसो भन्दैमा कसैले कुनै पनि किसिमका संबेदनसिल कुराहरुलाई ब्लगमार्फत आफ्नो भावना र विचार भनेर व्यक्त गर्दा राम्ररी नबुझिकन हचुवाको भरमा लेख्न एउटा नागरिकको गैर जिम्मेवारीपना होईन र ? हरेक लेखकको हेर्ने र बुझ्ने दृष्टिकोण फरक हुन्छ, र … Continue reading नेपाल एउटै जाति र धर्मको देश होइन, सबैलाई चेतना भया |

५००० चरालाई गम्भिर ट्रौमा


न्यू येअर ईभमा संयुक्त राज्य अमेरिकाको अर्कान्सा राज्यमा ४००० देखि ५००० वटा चराहरू आकासबाट उडिरहेकै अवस्थामा भुईमा झरे । यहाँको स्थानिय र सम्पूर्ण राष्ट्रिय तथा अन्तराष्ट्रिय दैनिकहरूले विषेश चासो दिएर यसको बारेमा लेखे । हुन पनि घटना अचम्मकै छ । त्यत्रो हजार संख्याको चरा एकै पटक मर्नु भनेको चानचुने कुरा होईन । त्यसमा विषेश कारण त पक्कै हुनैपर्‍यो । भुईंमा भेटिएका अधिकांस चराहरू मरेको अवस्थामा … Continue reading ५००० चरालाई गम्भिर ट्रौमा

साँचो बोल्ने को – तुलसी कि अजयबाबु ?


पछिल्लो पोष्ट “नेपालीलाई के को प्लेजिअरिज्म?” मा मैले दुइजना वृतचित्र निर्माताको कानूनी लडाईंको बारेमा केहि लेखेको थिएँ । नयाँ वर्ष सन् २०११ को पूर्वसन्ध्यामा आएको नयाँ समाचारअनुसार अर्का निर्माता तुलसी भण्डारीले आफू अन्यायमा परेको र राजनैतिक षड्यन्त्रको शिकार भएको भनेर माइसंसारमा नेपाल प्रहरीका एस पी रमेश खरेललाई खुला पत्र शिर्षकमा उनले आफूलाई परेको अन्यायको बारेमा लेखेका थिए । त्यसको भोली पल्ट आफूलाई पीडित बताउने र आफ्नो श्रब्य-द्रिश्य चोरि भयो … Continue reading साँचो बोल्ने को – तुलसी कि अजयबाबु ?

नेतालाई पाउजु र अभिनेतालाई खुत्रुकी


हामीले विगतमा सुन्दै र पढ्दै आएको कुरा हो कि पूर्वी नेपालमा धेरै जनाले गलत ढंगले नेपाली नागरिकता हात पार्‍यो भन्ने कुरा । अझ ठाडो भषामा भन्ने हो भने, हाम्रा छिमेकी भैय्याजीहरूको हालि-मुहाली नै बढेको थियो किर्ते नागरिकले नेपाली नागरिकता पाउने कुरामा । तराईबासी नेपालीलाई नै अल्पमतमा पुर्‍याउन सक्ने त्येत्रो खेल भारतले खेल्दा हाम्रा देशका नेता भनाउँदाहरूले चुइँक्क सम्म पनि बोलेन । मधेसको सच्चा नेता वा धर्ती पुत्र भनि आफूलाई दावी गर्ने मधेस दलका नेताहरू त झन् चितुवाको अगाडि परेको कुकुरजस्तो भयो । हामी जस्ता राजनीतिको आधारभूत ज्ञान पनि कधकल्चो भएकाहरूले बुझेका कुरा हुन् कि, भारतले आफ्नो स्वार्थमा नेपाल सरकारलाई किन नागरिक विधेयक संसदबाट पास गराउन खोज्यो भन्ने कुरा । उसले नेपालको अहिलेको जस्तो राजनैतिक तरलताको भरपूर फाईदा उठाउँदै सिमामा रहेका आफ्ना देशका नागरिकहरूलाई किर्ते कागजातहरू मार्फत नेपाली नागरिक बनाउने काममा लागेको थियो । केहि हदसम्म उनिहरु सफल पनि नभएका होइनन् । हाम्रा निजामती जागिरे राष्ट्रसेवक कर्मचारी र उनिहरूका बडाहाकिमले गएको साल स्वीकार पनि गरेकै हो, कि नागरिकता वितरणमा केहि गम्भिर त्रुटी भएकै हो । केहि हजार रुपैयामा नै नेपाली नागरिकता बजारमा बिदेशीहरूले किने । दक्षिणी छिमेकीले बाँसुरी बजाए, त्यसकै तालमा हाम्रा देशका कुपुत र भ्रष्टाचारी नेताहरू छमचामी नाचे । छिमेकीले एकनासले ढोलक बजाइरहे, यता नेताहरू छिमेकीले हातमा थमाइदिएको पाउजु कस्दै तालमा नाच्दैरहे । उनिहरुको हिजडापन यसरी प्रकट भयो तर उनिहरुले यसमा पनि ख्वामितको सेवा नै पुरुशार्थी हो भन्ने भ्रम पालीराखे । बाँकी अंश पढ्न यहाँ क्लिक गर्नुहोस्

डार्साब सी पी आर आउँछ ?


“पानीमा डुबेको मान्छेलाई लिएर एम्बुलेन्स आफ्नो आवाज पर-परसम्म सुन्ने गरि बेतोडले कुदेर अस्पतालको आकस्मिक कक्ष नजिक रोक्छ । विरामीलाई हत्तनपत्त आक्स्मिक कक्षमा पुर्‍याएर उपचार गर्न तिर लाग्छ । केही क्षणमै उक्त व्यक्तिलाई मृत घोषणा गरिन्छ ।”
यो कुनै राष्ट्रिय दैनिक, साप्ताहिक वा पाक्षिक पत्र-पत्रिका वा रेडियो र टि.भीमा आएको समाचार होईन । यो कुनै वास्तविक घटना पनि होईन तर यो एउटा अहिले हाम्रो देश नेपाल स्वास्थ्य क्षेत्रमा हरेक दिन जसो घट्ने एउटा यथार्थ हो जहाँ एउटा सामान्य प्राथमिक उपचारमात्र गर्न सकेको भए पनि कसैलाई अकाल मृत्‍युबाट जोगाउन सकिन्थ्यो । आज एउटा दैनिक पत्रिकामा आएको समाचारअनुसार हाम्रा डाक्टर साहेबहरूलाई प्राथमिक उपचार पनि गर्न आउँदैन भन्ने कुराको रहस्योद्घाटन भयो । उनिहरुलाई सिकिस्त विरामी चिर्न आउँछ, सुइ हान्न पनि आउँछ, हात-खुट्टामा प्लास्टर गर्न पनि आउँछ । दाँत फुकाउने देखि शरीरका अरू अङ्ग नै फुकाउन आउने तर एउटा सामान्य प्राथमिक उपचार जसले एउटा जीवन सजिलैसँग जोगाउन सक्ने काम भने गर्न नसक्ने । होईन हो, हाम्रा डार्साहेबहरूलाई मर्नै आँटेकोलाई बचाउनभन्दा पनि दिर्घकालिन रोगले च्यापिएर बांचिरहेको व्यक्तिको उपचार गर्न मात्र आउने हो की गर्न मन पराउने हो ? मैले बुझ्न सकिनँ ।

हाम्रा डार्साहेबहरूलाई प्राथमिक उपचार सी.पी.आर विधी आउँदैन भन्ने कुरा आज थाहा पाउँदा मलाई अचम्म साथसाथै दु:ख पनि उत्तिकै लाग्यो । सी.पी.आर भनेको “कार्डियोपल्मोनरी रिससिटेसन” हो जुन विधी अपनाएर नाडीको गति बन्द भएको र स्वास्-प्रस्वास रोकिएको अवस्थामा वा रक्तसन्चार प्रवाह रोकिन गई हुन सक्ने सम्भावित दिमागको क्षति वा मृत्‍युबाट जोगाउन अर्को व्यक्तिद्वारा कृतिम स्वास-प्रस्वास गराउने र उचित मात्रामा छातिमा हातले दवाब सिर्जना गरि रक्तसन्चार पुन: प्रवाह गर्ने विधी हो । यो हामीले प्राथमिक तहदेखी माध्यामिक तहसम्मै यसको सैद्वान्तिक शिक्षा पाइराखेका कुरा जग जाहेर नै छ । तर त्यत्रो बर्ष चिकित्सा शास्त्र अध्येयन गर्ने हाम्रा डार्साहेबहरूलाई यसको कुनै व्यावहारिक ज्ञान छैन | पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपती डा अर्जुन कार्कीले समेत यो कुरा स्वीकार गरेका छन् कि नेपाली डार्साहेबहरूलाई सी.पी.आरको सैद्वान्तिक ज्ञानबाहेक व्यवहारिक ज्ञान छैन । राष्ट्रिय चिकित्साशास्त्र अध्ययन केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ नशा रोग विशेषज्ञ डा. जगदीशप्रसाद अग्रवालकै शब्दमा पनि, “धेरै चिकित्सकहरू यो महत्त्वपूर्ण सीप जान्दैनन्, सर्वसाधारणको त के कुरा!” यसै प्रशङ्गमा मलाई एउटा दृष्टान्त याद आयो: बाकिँ अंश पढ्न यहाँ क्लिक गर्नुहोस्

दरवार हत्याकाण्ड – विदेशीको हात


तत्कालिन शाही नेपाली सैनिक सचिव तथा स्वर्गिय राजा विरेन्द्रका एडिसी समेत भई २६ वर्ष राजदरबारमा बिताएका बिबेक कुमार शाहले कलमको मसी “मैले देखेको दरबार” शिर्षक किताबका पानामा दरबार हत्याकाण्डको बारेमा लेख्नलाई खर्चेको छ । नेपाली दैनिक “इकान्तिपुर डट कम” मा सम्प्रेशन गरिएको आजको समाचारअनुसार दरबार हत्याकाण्ड देशी-बिदेशी राजनैतिक षड्यन्त्रको परिणाम हो । लेखकले रहस्योदघाटन गरेका कुराहरूको मुख्य बुँदाहरू: विरेन्द्रबाट सत्ता आफ्नो हातमा लिने तयारी गर्दै … Continue reading दरवार हत्याकाण्ड – विदेशीको हात

मेरो च्यात्तिएको खाम


आज भन्दा लगभग १ महिना अघि मैले अनलाइन सेवामार्फत चर्चित पत्रकार तथा बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्रद्वारा लिखित पुस्तक भूमध्यरेखा अर्डर गरेको थिएँ | उक्त पुस्तकको जम्मा नेपाली रु. २८० रहेछ | सोहि पुस्तकलाई विदेशबाट अनलाइन अर्डर गर्दा जम्मा ११ डलर लाग्दो रहेछ | नेपाली दैनिक पत्र-पत्रिकामा पढेको अनुसार लेखक मिश्रले एउटा पुस्तक विक्री भए वापत आउने लेखक रोयल्टी रु. २० नेपालको पिछडीएको जाति चेपांगलाई दिने निर्णय गरेको रहेछ | उसले घोषणा गरेको यहि मन्चबाट अर्का एक उद्द्योगपति उपेन्द्र महतोले उसको व्यक्तिगत तर्फबाट अर्को रु. २० थपेर दिने निर्णय सुनाएछ | उनीहरुको यो काम सराहनीय लागेकोले मैले पनि एक प्रति अनलाइनबाट नोवेम्बेर २४ तारिखको दिनमा अर्डर गरेको थिएँ | आफ्नो बैंक खातामा गयो, १ क्लिक्क गरेको निमेष भरमै बैंकबाट पैसा नेपालको बिक्रेताको पोल्टामा पुगिसकेको जानकारी साथसाथै अबको २ हप्ता अथवा १५ दिन भित्र यहाँ आइपुग्छ भनेर जानकारी आयो | एक युग पछि यसरि नेपाली लेखकको पुस्तक किनेर पढ्न लागेकोमा मेरो मन पनि फुरुंग थियो | बाँकी अंश पढ्न यहाँ क्लिक्क गर्नुहोस |