डार्साब सी पी आर आउँछ ?
“पानीमा डुबेको मान्छेलाई लिएर एम्बुलेन्स आफ्नो आवाज पर-परसम्म सुन्ने गरि बेतोडले कुदेर अस्पतालको आकस्मिक कक्ष नजिक रोक्छ । विरामीलाई हत्तनपत्त आक्स्मिक कक्षमा पुर्याएर उपचार गर्न तिर लाग्छ । केही क्षणमै उक्त व्यक्तिलाई मृत घोषणा गरिन्छ ।”
यो कुनै राष्ट्रिय दैनिक, साप्ताहिक वा पाक्षिक पत्र-पत्रिका वा रेडियो र टि.भीमा आएको समाचार होईन । यो कुनै वास्तविक घटना पनि होईन तर यो एउटा अहिले हाम्रो देश नेपाल स्वास्थ्य क्षेत्रमा हरेक दिन जसो घट्ने एउटा यथार्थ हो जहाँ एउटा सामान्य प्राथमिक उपचारमात्र गर्न सकेको भए पनि कसैलाई अकाल मृत्युबाट जोगाउन सकिन्थ्यो । आज एउटा दैनिक पत्रिकामा आएको समाचारअनुसार हाम्रा डाक्टर साहेबहरूलाई प्राथमिक उपचार पनि गर्न आउँदैन भन्ने कुराको रहस्योद्घाटन भयो । उनिहरुलाई सिकिस्त विरामी चिर्न आउँछ, सुइ हान्न पनि आउँछ, हात-खुट्टामा प्लास्टर गर्न पनि आउँछ । दाँत फुकाउने देखि शरीरका अरू अङ्ग नै फुकाउन आउने तर एउटा सामान्य प्राथमिक उपचार जसले एउटा जीवन सजिलैसँग जोगाउन सक्ने काम भने गर्न नसक्ने । होईन हो, हाम्रा डार्साहेबहरूलाई मर्नै आँटेकोलाई बचाउनभन्दा पनि दिर्घकालिन रोगले च्यापिएर बांचिरहेको व्यक्तिको उपचार गर्न मात्र आउने हो की गर्न मन पराउने हो ? मैले बुझ्न सकिनँ ।
हाम्रा डार्साहेबहरूलाई प्राथमिक उपचार सी.पी.आर विधी आउँदैन भन्ने कुरा आज थाहा पाउँदा मलाई अचम्म साथसाथै दु:ख पनि उत्तिकै लाग्यो । सी.पी.आर भनेको “कार्डियोपल्मोनरी रिससिटेसन” हो जुन विधी अपनाएर नाडीको गति बन्द भएको र स्वास्-प्रस्वास रोकिएको अवस्थामा वा रक्तसन्चार प्रवाह रोकिन गई हुन सक्ने सम्भावित दिमागको क्षति वा मृत्युबाट जोगाउन अर्को व्यक्तिद्वारा कृतिम स्वास-प्रस्वास गराउने र उचित मात्रामा छातिमा हातले दवाब सिर्जना गरि रक्तसन्चार पुन: प्रवाह गर्ने विधी हो । यो हामीले प्राथमिक तहदेखी माध्यामिक तहसम्मै यसको सैद्वान्तिक शिक्षा पाइराखेका कुरा जग जाहेर नै छ । तर त्यत्रो बर्ष चिकित्सा शास्त्र अध्येयन गर्ने हाम्रा डार्साहेबहरूलाई यसको कुनै व्यावहारिक ज्ञान छैन | पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपती डा अर्जुन कार्कीले समेत यो कुरा स्वीकार गरेका छन् कि नेपाली डार्साहेबहरूलाई सी.पी.आरको सैद्वान्तिक ज्ञानबाहेक व्यवहारिक ज्ञान छैन । राष्ट्रिय चिकित्साशास्त्र अध्ययन केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ नशा रोग विशेषज्ञ डा. जगदीशप्रसाद अग्रवालकै शब्दमा पनि, “धेरै चिकित्सकहरू यो महत्त्वपूर्ण सीप जान्दैनन्, सर्वसाधारणको त के कुरा!” यसै प्रशङ्गमा मलाई एउटा दृष्टान्त याद आयो: बाकिँ अंश पढ्न यहाँ क्लिक गर्नुहोस्