अम् … मेरा सहपाठीहरू


धेरै दिन पछि अ….आ… केहि लेख्ने जागर लागेर अहिले लेख्न बसेको | अम् कुरा के भने अ~ म अहिले मेरो पाठशालामा नियमित सेमेस्टर सकाएर अम् … मे टर्म भनेर अम् … प्रत्येक दिन ३ घण्टा कक्षा कोठामा रहि ३ क्रेडिट आवर बराबरको ३ हप्ते कक्षा लिदैछु | अ… यसै क्रममा यो हप्ताभरि नै अम् … प्रत्येक विध्यार्थीले कुनै एक यहूदी ऐतिहासिक व्यक्तिको बारेमा अम्… के … Continue reading अम् … मेरा सहपाठीहरू

अनुजाको समाचार भ्रामक सावित


गत हप्ता सबै मिडियाहरूमा निक्कै नै ढोल पिट्न सफल भएको अनुजाको समाचार कपोलकल्पित र भ्रामक भएको तथ्य बाहिर आएको छ | उनले समाचारमा आए जस्तो ९१ लाख भेट्टाएको नभएर एउटा मनगढन्ते कथा मात्र भएको कुरा आज उक्त समाचारलाई प्रमुखताका साथ पहिलो चोटी प्रकाशित गरेको कान्तिपुर दैनिकले स्वीकारेको छ | यसमा उनीहरुले क्षमायाचना गरि सकेको छ | अनुजाको समाचार प्रकाशित भएको भोलिपल्ट नै उनि शंकाको घेरामा … Continue reading अनुजाको समाचार भ्रामक सावित

९१ लाख भेट्टाएको सम्बन्धि फलो-अप


आज फेरी नागरिक दैनिकले अनुजाले ९१ लाख भेट्टाएर पैसा हराएको व्यक्तिलाई फर्काएको भन्ने सम्बन्धिमा भिन्नै किसिमको खबर छापेको छ | उक्त समाचारअनुसार हाल सम्म पैसा फिर्ता पाएको भन्ने पुरुशोत्तम पौडेलको तर्फबाट देश भर यस्तो हल्ला फैलिदा पनि कुनै पनि किसिमको प्रतिकृया आएको छैन | त्यसैले धेरै मानिसले यस खबरलाई अपत्यारिलो रुपमा लिएका छन् | अनुजाका आफन्त पनि उनले यसरि पैसा भेट्टाएर पनि आफूहरूलाई जानकारी नदिएको भनेर यस घटनाप्रति अनभिज्ञता प्रकट गर्छन् | इटहरीका एटीएमहरूले पनि पुरुशोत्तम नामक कसैले पनि त्यति धेरै परिमाणको रकम बैंकबाट नझिकेको बताउनाले र प्रहरीकोमा पनि यसको कुनै जानकारी नआउनाले घटना अझ रहस्यमय बन्दै गैरहेको छ | उद्धृत समाचार पढ्न यहाँ क्लिक गर्नुहोस् | यसै दैनिकमा छापिएको अर्को समाचारमा यस घटनालाई  केहि सुक्ष्म विश्लेषण गरिएको छ | उक्त विश्लेषण पढ्न यहाँ क्लिक गर्नुहोस् |

बाँकी भाग पढ्न यहाँ क्लिक गर्नुहोस्

नेपाल एउटै जाति र धर्मको देश होइन, सबैलाई चेतना भया |


३१ जनुअरी, २०११ नेपाल एउटै जाति र धर्मको देश होइन, सबैलाई चेतना भया | ब्लग भनेको वास्तवमै आफ्नो निजी कुराहरू, विचार, भावना पोख्ने थलो हो । तर के यसो भन्दैमा कसैले कुनै पनि किसिमका संबेदनसिल कुराहरुलाई ब्लगमार्फत आफ्नो भावना र विचार भनेर व्यक्त गर्दा राम्ररी नबुझिकन हचुवाको भरमा लेख्न एउटा नागरिकको गैर जिम्मेवारीपना होईन र ? हरेक लेखकको हेर्ने र बुझ्ने दृष्टिकोण फरक हुन्छ, र … Continue reading नेपाल एउटै जाति र धर्मको देश होइन, सबैलाई चेतना भया |

साँचो बोल्ने को – तुलसी कि अजयबाबु ?


पछिल्लो पोष्ट “नेपालीलाई के को प्लेजिअरिज्म?” मा मैले दुइजना वृतचित्र निर्माताको कानूनी लडाईंको बारेमा केहि लेखेको थिएँ । नयाँ वर्ष सन् २०११ को पूर्वसन्ध्यामा आएको नयाँ समाचारअनुसार अर्का निर्माता तुलसी भण्डारीले आफू अन्यायमा परेको र राजनैतिक षड्यन्त्रको शिकार भएको भनेर माइसंसारमा नेपाल प्रहरीका एस पी रमेश खरेललाई खुला पत्र शिर्षकमा उनले आफूलाई परेको अन्यायको बारेमा लेखेका थिए । त्यसको भोली पल्ट आफूलाई पीडित बताउने र आफ्नो श्रब्य-द्रिश्य चोरि भयो … Continue reading साँचो बोल्ने को – तुलसी कि अजयबाबु ?

नेतालाई पाउजु र अभिनेतालाई खुत्रुकी


हामीले विगतमा सुन्दै र पढ्दै आएको कुरा हो कि पूर्वी नेपालमा धेरै जनाले गलत ढंगले नेपाली नागरिकता हात पार्‍यो भन्ने कुरा । अझ ठाडो भषामा भन्ने हो भने, हाम्रा छिमेकी भैय्याजीहरूको हालि-मुहाली नै बढेको थियो किर्ते नागरिकले नेपाली नागरिकता पाउने कुरामा । तराईबासी नेपालीलाई नै अल्पमतमा पुर्‍याउन सक्ने त्येत्रो खेल भारतले खेल्दा हाम्रा देशका नेता भनाउँदाहरूले चुइँक्क सम्म पनि बोलेन । मधेसको सच्चा नेता वा धर्ती पुत्र भनि आफूलाई दावी गर्ने मधेस दलका नेताहरू त झन् चितुवाको अगाडि परेको कुकुरजस्तो भयो । हामी जस्ता राजनीतिको आधारभूत ज्ञान पनि कधकल्चो भएकाहरूले बुझेका कुरा हुन् कि, भारतले आफ्नो स्वार्थमा नेपाल सरकारलाई किन नागरिक विधेयक संसदबाट पास गराउन खोज्यो भन्ने कुरा । उसले नेपालको अहिलेको जस्तो राजनैतिक तरलताको भरपूर फाईदा उठाउँदै सिमामा रहेका आफ्ना देशका नागरिकहरूलाई किर्ते कागजातहरू मार्फत नेपाली नागरिक बनाउने काममा लागेको थियो । केहि हदसम्म उनिहरु सफल पनि नभएका होइनन् । हाम्रा निजामती जागिरे राष्ट्रसेवक कर्मचारी र उनिहरूका बडाहाकिमले गएको साल स्वीकार पनि गरेकै हो, कि नागरिकता वितरणमा केहि गम्भिर त्रुटी भएकै हो । केहि हजार रुपैयामा नै नेपाली नागरिकता बजारमा बिदेशीहरूले किने । दक्षिणी छिमेकीले बाँसुरी बजाए, त्यसकै तालमा हाम्रा देशका कुपुत र भ्रष्टाचारी नेताहरू छमचामी नाचे । छिमेकीले एकनासले ढोलक बजाइरहे, यता नेताहरू छिमेकीले हातमा थमाइदिएको पाउजु कस्दै तालमा नाच्दैरहे । उनिहरुको हिजडापन यसरी प्रकट भयो तर उनिहरुले यसमा पनि ख्वामितको सेवा नै पुरुशार्थी हो भन्ने भ्रम पालीराखे । बाँकी अंश पढ्न यहाँ क्लिक गर्नुहोस्

नेपालीलाई के को प्लेजिअरिज्म ?


आज नेपाली संस्करणको अनलाइन न्यूज पोर्टलमा एउटा समाचार पढ्न पाइयो । नेपाली वृतचित्र निर्माता तुलसी भण्डारी प्रतिलिपि अधिकार मिचेको कारणले पक्राउमा परेछ । उसले अर्काको वृतचित्र “आन्दोलन जारी” र “झलक” बाट ३ मिनेट लामो श्रब्य-दृश्य विना अनुमति निकालेर आफ्नो वृतचित्र “एभरेस्टको फेदीमा, नेपालको पुनर्जन्म” मा घुसाएछ । अनि त त्यो अर्काको सिर्जना पनि आफ्नै भैगो । फेरि त्यो वृतचित्रले पनि देश-विदेशमा प्रदर्शन भैसकेको रहेछ । अझ अमेरिकामा वृतचित्र प्रतियोगितामा भाग लिएर पुरस्कार हत्याउन सम्म भ्याएको रहेछ नि ! पछि भण्डारीलाई उसकै वृतचित्र प्रचार-प्रसार मोर्चामा सघाउने एक जना स्वयमसेवकले गएर अर्का निर्माता-निर्देशक तथा पत्रकार अजय सिवाकोटिलाई भनेछ । सुनेर ऊ पनि जिल्ल खाएछ । आफ्नै सिर्जना चोरिएको पनि उसले चाल नपाएर नेपालमा प्रदर्शन पछि अरू कसैले भनेर मात्र थाहा पाएछ । पछि दुईजनाको बिचमा कुरा हुँदा भण्डारीले सिवाकोटीलाई क्षतिपूर्ति तिर्न मानेन । उल्टै उसले प्रहरीमा उजुरी गरेछ । पछि त आफै फसेछ नि ! कारण भने “प्लेजिअरिज्म” गरेको रे !

अर्काको सिर्जना त्यति बेला चोरिन्छ जब आफूसंग भएको सिर्जना सिद्धिन्छ । अर्को शब्दमा भन्नुपर्दा, आफू असक्षम र सिर्जनारहित भएर नै अर्काको चोर्ने हो । यो साहित्यिक र वौद्धिक दरिद्रताको एक अनुपम उदाहरण हो ।

हाम्रो देशमा जे पनि चोरेर नै पाइने ठाउँ हो । चोर्यो, काम चलायो । परिक्षामा चोर्यो, पास भैगयो । कार्यालयको सामाग्री चोर्यो, घरमा काम चलिगो । सरकारी कार्यालयमा बेसमयमा पुग्यो, हाजिरी पुस्तिकामा सहि समय जनायो, तै पनि मासिक तलब पूर्णरूपमा बुझ्यो, घरको गर्जो तरिगो । सवारी साधन मर्मत गर्न लग्यो, त्यहाँ पनि तेल चोर्यो, उसलाई घर जान-आउन र केटि घुमाउन इन्धन पुगीगो । घरको धारोमा पनि मिटरमा पानी नचढ्दै एउटा टि भल्भ जडान गर्यो, साबिक मासिक दरमा घरको इनार नै भरिगो । बत्तिको पनि हाल उही हो । अब यस्तै खाले समाजमा जन्मेपछि त आनी-बानि पनि त्यहि नै त हुने भो । केहि सामान टिप्यो, देख्यो भने जिस्केको रे, देखेन भने बोकेर हिंड्यो । अर्काको सिर्जना त्यति बेला चोरिन्छ जब आफूसंग भएको सिर्जना सिद्धिन्छ । अर्को शब्दमा भन्नुपर्दा, आफू असक्षम र सिर्जनारहित भएर नै अर्काको चोर्ने हो । यो साहित्यिक र वौद्धिक दरिद्रताको एक अनुपम उदाहरण हो । बाँकी अंश पढ्न यहाँ क्लिक गर्नुहोस्