लघु कथा : स्खलित दिवास्वप्न


“एक्सक्युज मी,” कसैको यो वाक्य सुनेर म झसंग भएँ | अलिकति बाटो छोडेर उक्त व्यक्तिलाई म उभिरहेको स्थानबाट शप्पिंग कार्ट ठेलेर गएको हेर्दै म पनि आफूले किनेको मालसामान बोकेर चेक आउट लाइनमा उभिन आएँ | एकछिन् त आफू कसरि त्यस्तो बिधि दिउँसै त्यत्रा मानिसको भिडमा हराएछु भन्दै सोचमग्न भएँ | कारण म आफैले पनि पत्ता लगाउन सकिनं | सोचें, धेरै थाकेर दिमागले आराम खोजेको होला … Continue reading लघु कथा : स्खलित दिवास्वप्न

अनुत्तरित प्रश्न


अनुत्तरित प्रश्नभाग २ एकपल्ट फेरि कोल्टे फेरेँ गीत समाप्ती सँगै । मनमा एकोहोरो सशंकित भै आफैलाई सोधिरहेँ । लाग्थ्यो, त्यो सुस्त र नियन्त्रित चाल पक्कै पनि अशुभ खालको थिएन । झगडाको मामिला भए त लवाइ र चालमा कुनै असमान अनि हिंडाइमा कुनै उत्तेजना हुनुपर्ने हो, तर त्यो भाव पनि थिएन । “त्यसो भए त्यो जोसुकै भए पनि कहाँ हिडेकी त ?” भन्ने कौतुहलता झन बढ्न … Continue reading अनुत्तरित प्रश्न

अनुत्तरित प्रश्न


अनुत्तरित प्रश्न

भाग १

रात निक्कै नै छिप्पी सकेको रहेछ । बाहिर एकोहोरो टोलका भुस्स्या कुकुरहरू भुक्दैथिए । सुनसान रातलाई चिर्दै ती आवाजहरू कानको पर्दामा निरन्तर् नै थोकिरहेको थियो । एक्कासी पानी प्यास पनि लागेको थियो । खै, खराब सपनाबाट भर्खर ब्युँझेको पो थिएँ, तर सपना भने के पो हो, सम्झनै सकिनँ । नजिकको पानीको बोतल हेर्छु, रित्तै थियो । कोठा बाहिर गएर पानी पिउने जाँगर पनि चलेन । वरपर यसो पल्याक्-पुलुक हेरें तर केही पनि थिएन । खोइ किन हो झ्याल खोलेर बाहिर हेरें । बाहिर मशान झैं सुनसान । यद्दपी, सडक बत्तीको मधुरो प्रकास भने कोठामा पर्दालाई चिर्दै पसिराखेको थियो । अलि-अलि कुहिरो पनि लाग्न थालिसकेछ । अनि सडकका बत्तिहरूको वरिपरी तुँवालो लागेको झैं देखिने गरि हुस्सु डम्म परेर बस्दा पनि एक जत्था किरा-पतिङ्गरहरू पनि त्यत्तिकै झ्याम्मिरहेका थिए । त्यो कुहिरोलाई चिर्दै खुब टाढा-टाढासम्म चियाएँ । कुनै मानव आकृति त्यो सुनसान सडकको छेउ-छेउ लाग्दै निक्कै सुस्त गतिमा एकनासले अघि बढिरहेको झैं लाग्न थाल्यो । मैले आफ्नो दुबै हातले आँखालाई मिचेँ र आफ्नो भित्री गंजीको एक छेउ तान्दै आँखा पुछेँ । मलाई लाग्यो , त्यो कुनै महिलाको वास्तबिक आकृति नै थिई । बाकिँ अंश पढ्न यहाँ क्लिक्क गर्नुहोस् -more