Khokana Mahotsav (Festival) 2011
File photos from Jyapu Mahaguthi Tah: Mujya (Convention) 2006
Jyapu Mahaguthi Tah:Mujya (Jyapu Mahaguthi Convention) 2006
Vodpod videos no longer available.
1st collector for Jyapu Tah: Mujya
Follow my videos on vodpod
- ८ जनुअरी – खोकना महोत्सवको प्रचार-प्रसार र प्रवर्धनको निम्ति आयोजना गरिएको मोटरसाइकल र्याली सफलपूर्वक सुसम्पन्न भयो |
- खोकना- राणाकालमा नेपालमै पहिलो पटक बिजुली बत्ती बलेको गाउँ
- परम्परागत रुपले कोलमा तयार पारीने शुद्ध तोरिको तेलको निम्ती प्रशिद्ध
- भोली जनवरी १३ तारिख नेपाल पर्यटन वर्ष २०११ अन्तर्गत खोकना महोत्सवको नीम्ति खोकना-व्यापी सरसफाइ अभियान हुँदैछ ।
१५ जनुअरी २०११ – खोकना महोत्सवको पहिलो दिन
- आज जनुअरी १५ मा खोकना महोत्सव २०११ बिधिवतरुपमा पर्यटन मन्त्रि शरद सिंह भण्डारीबाट उद्घाटन गरिदैछ |
- संगितकार अनिल शाहीद्वारा सुमधुर संगितको प्रस्तुती गरी महोत्सवको शुभारम्भ
- नेपाली समय अनुसार १ बजे महोत्सव उद्घाटन स्वरुप सांस्कृतिक कार्यक्रम प्रारम्भ हुँदैछ |
- [१२:५२] शनिबार – भर्खरै प्राप्त जानकारी अनुसार खोकना भन्दा बाहिर इलाकाका मानिसहरू पनि बड़ो उत्सुकताकसाथ अहिले आउने क्रम जारी छ |
- [१:०५] परम्परागत पोशाक दौरा-सुरुवाल, ढाका टोपी र हाकु पतासिमा सजिएर बसेका स्थानिय बासिन्दाहरूको चहलपहल बढ्दै |
- [१:१०] पर्यटन मन्त्रीको सुरक्षार्थ हतियारधारी सुरक्षाकर्मिहरूको उल्लेख्य उपस्थिती |
- पर्यटन मन्त्रीद्वारा महोत्सव उद्घाटन र केहि समयपश्चात फर्के
- भोली नटराज ब्याण्डद्वारा खोकना महोत्सवमा साङ्गितिक प्रस्तुती गरिने
- [१८:१५]- आगन्तुकहरू आउनेक्रम अझै जारी छ । सम्पूर्ण पार्किङ् क्षेत्र भरिएको अवस्थामा छ ।
१६ जनुअरी २०११ – खोकना महोत्सव दोश्रो दिन
- बिहानै पानी परेको छ |
- राजधानीमा परेको पानीले तापक्रम निक्कै नै झरेको छ र जाडो पनि बढेको छ । काठमाडौँ वरपरका जिल्लाहरुमा पनि हिउँ लागेको छ |
- पानी परेर मौसम निक्कै चिसो भए पनि आगन्तुकहरू आउने क्रम भने रोकिएन । कति पाहुनाहरू आ-आफनै गाडिहरू रिजर्भ गरि समेत आए ।
- पानीले बाटो हिलाम्मे भए पनि आगन्तुकहरूको ओहर-दोहर गर्ने क्रम जारि छ |
- अहिले दिउसो भने पानी रोकेर आकास सफा भएको छ | मौसमले पनि अहिले साथ दिएको छ तर चिसो भने त्यस्तै नै चिसो छ |
- [२:०० बजे] नटराज साङ्गितिक समुहको प्रस्तुती; सुसम्पन्न भयो ।
- खोकनामा आफन्त हुने आगन्तुकहरू यतै बास बसेको
१७ जनवरी १७ – खोकना महोत्सवको तेस्रो तथा अन्तिम दिन
- फोटोग्राफर लक्ष्मी प्रसाद न्याखुसी र असोक महर्जन द्वारा खोकनाकै सेरोफेरोमा खिचिएका फोटोहरुको प्रदर्शनीमा पनि आगन्तुकहरूको उल्लेख्य चासो र उपस्थिति रह्यो
- फोटो प्रदर्शनीमा राखिएको फोटो मध्ये एउटा फोटोको मूल्य रुपैयाँ २५,००० सम्म
- प्रदर्शनीको सुरुको दिन देखि अहिले सम्म नेवारी परम्परागत लुगाको बिक्रि हुने क्रम जारि नै छ
- प्राप्त जानकारी अनुसार महोत्सव खोकनाको संस्कृति, परम्परा तथा सभ्यताको प्रवर्धन भन्दा पनि बढी नै व्यापारिक प्रवर्धनको निम्ति गरिएको जस्तो देखिएको भन्ने कति को भनाइ रह्यो
- महोत्सव आयोजकहरू बिचमा पनि कम्युनिकेसन त्यति प्रभावकारी नदेखिएको
- पाहुनाहरूको लागि ख: प्याखँ, छ्वाली कला, र नेवारी विशेष भोज नै निक्कै नै आकर्षणको केन्द्र रह्यो |
- चिसोले पनि होला, घरेलु उत्पादित रक्सि “अयेला” को स्टल मै बढी मान्छेहरू झुम्मिएको देखियो |
- आज महोत्सवको तेश्रो तथा अन्तिम दिन विधिवत रुपमा समापन गरियो । सानातिना मसिना कमि-कमजोरी बाहेक कार्यक्रम अत्यधिक रुपमा सफल भयो ।